भ्रष्टाचार गरेको अभियोगमा खानेपानीका सिनियर प्लम्बर खुलालविरुद्ध मुद्दा दर्ता

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालले घुससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदातलमा मुद्दा दर्ता गरेको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते  पाँच हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घुस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  

आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भएअनुसारको कसुर भएकाले बिगो पाँच हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको माग दाबी गरेको छ । 

सुझावित समाचार