जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। सोमबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका– १० तिनकुनेमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– १० का ३४ वर्षीय भरत विक रहेका प्रहरीले जनाएको छ। विकको साथबाट प्लास्टिकसहित ९० मिलिग्राम र प्लास्टिकबाहेक शुद्ध ७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो फेला परेको प्रहरीले जनाएको छ।