जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञलाई बयानका लागि बोलाउने तयारी

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले आरोप लगाएका व्यक्तिहरूसँग महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ। मंगलबार समितिको बैठकपूर्व कांग्रेस सांसद तथा समिति सदस्य मीन विश्वकर्माले जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञहरूलाई बयानका लागि बोलाइने बताए।

जबराले बयानका क्रममा विवादित विषयहरूमा पूर्वन्यायाधीश, अधिवक्ताहरू तथा राजनीतिज्ञहरूलाई समेत मुछेपछि समितिले उपलब्धता र आवश्यकताका आधारमा उनीहरूलाई बोलाउने तयारी गरेको हो।

‘व्यक्त भएका विषयहरूलाई अभियोगसँग तुलनात्मक अध्ययन गर्छौँ र निष्कर्ष निकाल्छौँ। सँगसँगै बयानमा व्यक्त भएका व्यक्तिलाई आमन्त्रण गर्छाैँ र विषयको खोजी गर्छौँ,’ विश्वकर्माले भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, बारका अध्यक्ष एवं पूर्वअध्यक्ष, वरिष्ठ अधिवक्ताहरू र केही राजनीतिक व्यक्तिहरूलाई पनि बोलाउँछौँ ।’

सांसद विश्वकर्माले सचिवालयको सहयोगमा प्रतिवेदन लेखन कार्य अघि बढिराखेको जानकारी दिँदै भदाै मसान्तभित्र संसदमा प्रतिवेदन बुझाउने बताए।
 

सुझावित समाचार