नेटटिभीमा फेस्टिभिटी अफर

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

नेपालको नेटटिभी सेवाप्रदायक नेटटिभीले फेस्टिभिटी अफर ल्याएको छ । दसैँको अवसर पारेर कम्पनीले टिभी र नेटटिभी सब्सक्रिप्सनको बन्डल अफर ल्याएको हो ।

अफरअन्तर्गत नेटटिभीको सेट टप बक्स र एक वर्षको सदस्यताका साथमा उपभोक्ताले यासुदाको ३२ इन्चको बाइएस–३२ एनडब्लुएल एलइडी टिभी वा ४३ इन्चको वाइएस–४३ एनडब्लुएस मोडलको बिजेल–लेस स्मार्ट टिभी खरिद गर्न सक्ने जनाइएको छ ।

३२ इन्चको टिभीको नेटटिभी सेट टप बक्स र एकवर्षे प्लानको मूल्य १५ हजार रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै, ४३ इन्चको टिभीको नेटटिभी सेट टप बक्स र एकवर्षे प्लानको मूल्य २९ हजार तीन सय रुपैयाँ रहेको जनाइएको छ । दुवै योजनामा सेट टप बक्सको डिपोजिट पाँच सय रुपैयाँ लाग्ने उल्लेख छ । 

सुझावित समाचार