जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले मर्स्यांदी गाउँपालिका- ७ नयागाउँ घर भई हाल बेँसीसहर नगरपालिका ७ बस्ने वर्ष २२ का नितेश गुरुङ भनिने ओमप्रकाश गुरुङलाई पक्राउ गरेको हो।
प्रहरीले गुरुङको साथबाट ट्रमाडोल ट्याबलेट १,५०० थान, निट्राभेट १० ट्याब्लेट ८५ थान, र स्यामसुङ मोबाइल १ थान बरामद गरेको छ। पक्राउ परेका गुरुङलाई जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप भई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए।
उनका अनुसार गुरुङलाई आइतबार रातको समयमा सुन्दरबजार नगरपालिका ७ पाउँदीस्थित प्रहरी कर्मचारीहरूले सवारीसाधन चेकजाँच गर्ने क्रममा काठमाडाैंबाट बेँसीसहरतर्फ आउँदै गरेको हाइसमा सवार भई शंकास्पद सामानसहित उनलाई पक्राउ गरेको हो।