म्यानमार र मलेसियाका लागि राजदूतद्वारा शपथ

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

उनले सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका लागि राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनीयताको शपथ गराएकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए।

सुझावित समाचार