सुकुमबासी बस्तीका पाँच घर हात्तीले भत्कायो

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

जंगली हात्तीले रौतहटको चन्द्रपुर नगरपालिका- ६ मा पर्ने लमाहाको सुकुमबासी बस्तीका पाँच घर भत्काइदिएको छ । सोमबार बिहान २ बजेको समयमा पूर्व–पश्चिम राजमार्गसँगै रहेको सो सुकुमबासी बस्तीमा दुईवटा हात्तीले घर भत्काएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

स्थानीय राम पहरी, लक्ष्मण पहरी, फूलमाया मगर, अर्जुन पहरी र धनमाया पहरीको घर हात्तीले भत्काइदिएको छ । चन्द्रनिगाहपुरस्थित घना बस्तीमा छिरेको हात्तीलाई बस्तीबाट भगाउन चार घन्टा लागेको थियो । हात्तीले घर भत्काए पनि मानवीय क्षति भने भएको छैन । 

See More On

सुझावित समाचार