पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको चुनावी क्षेत्र झापा ५ बाट हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्व गरिरहेको स्वतन्त्र उम्मेदवारको लौरो अभियानअन्तर्गत उनी उम्मेदवार बन्न लागेका हुन् ।
काठमाडौं ५ बाट हास्य कलाकार मधुसूदन पाठकले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । हास्य सिरियल ‘सक्किगोनी’मा ‘सिते बा’को चरित्रमार्फत उनी दर्शकमाझ प्रिय छन् ।
त्यस्तै, ‘दासढुंगा’, ‘वधशाला’, ‘द ग्रेटर नेपाल’जस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चामा आएका फिल्म निर्देशक मनोज पण्डित पनि यसपटक प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् । पण्डितले संघीय संसद्को चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।