संसद्को कार्यकाल उम्मेदवार मनोनयनको दिनसम्म राख्नु उपयुक्त : गगन थापा

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा थापाले यस्तो धारणा राखेका हुन्।

सांसदहरू एक–दुई महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै उनले संसद्लाई नै दाग लगाउने सन्देश प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिन आवश्यक रहेको औँल्याए। उनले मत परिणाम घोषणा भएको अन्तिम दिनलाई आधार मानी प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल तोक्नुपर्ने धारणा राखे।

‘यो अहिले प्रस्तुत भएको सन्दर्भमा निर्वाचनपछि आउने संसद्ले लामो बहस, छलफल गर्ला। आवश्यक परे संविधान संशोधन पनि गर्ला। अहिलेका लागि भने माननीय मन्त्रीज्यूको ध्यानाकृष्ट गर्न चाहन्छु– हामी जुन दिन मनोनयन गर्छौँ, त्योसँगसँगै हाम्रो सांसद पद जान्छ,’ सांसद थापाले भने।

यो पनि : प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक विवाद

सुझावित समाचार