आज सत्तारूढ गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँडबारे छलफल हुनेछ ।
मंगलबारसम्ममा सिट बाँडफाँडको सबै पक्ष टुंगो लाग्ने गठबन्धनका नेताहरूले बताइरहेका छन् । सिट बाँडफाँड गठबन्धनभित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरूले दाबी गर्दै आएका छन् ।