माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी (आरसी) र सचिव द्रोणबाबू शिवाकोटीकाे नाम सिफारिस गरेकाे छ ।
माओवादी प्रदेश समिति आज बसेको बैठकले अधिकारी र शिवाकाेटीकाे नाम सर्वसम्मत सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् भने शिवाकाेटी सचिव हुन् ।
चितवन– २ को प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) बाट निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस भएको छ ।