सांसदले मागे तटस्थ चुनावी सरकार

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा तटस्थ चुनावी सरकार बनाउन एक सांसदले माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले तटस्थ चुनावी सरकारको माग गरेका हुन् । 

बैठकमा समय मागेर बोल्दै सांसद सुवालले भने, ‘अहिलेसम्म बनेका कुनै पनि चुनावी सरकारले निष्पक्ष निर्वाचन गराउन सकेनन् । त्यसैले यो तटस्थ चुनावी सरकार बनाइयोस् ।’ 

उनले निर्वाचनमा भाग नलिनेहरू मात्र त्यस्तो सरकारमा सहभागी हुनुपर्ने धारणा राखे । उनले त्यस्तो सरकार गठनका लागि पहल गर्न आग्रह गरे । 
 

सुझावित समाचार