निर्वाचन घोषणापत्रका लागि एमालेले माग्यो सुझाव

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

एमालेले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रका लागि सुझाव मागेको छ। एमालेले पार्टी कमिटीबाहिरका शुभेच्छुक तथा आमनागरिकसँग घोषणापत्रका लागि सुझावको आह्वान गरेको हो।

‘एमालेप्रति सदभाव राख्नुहुने जोकोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहनुभएमा यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराइदिनुहुन आह्वान गरिएको छ,’ सो पार्टीले जारी गरेको सूचनामा भनिएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी वा इमेल ठेगाना [email protected] मार्फत सुझाव पठाउन एमालेले आग्रह गरेको छ।

सुझावित समाचार