केन्याले दुवै ओपनर गुमायो

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

नेपालसँगको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो म्याचमा अहिले केन्या ब्याटिङ गरिरहेको छ । तर, केन्यालाई सुरुवातमै झड्का लागेको छ । 

केन्याका दुवै ओपनर आवान्डा र सुकदीप आउट भइसकेका छन् । केन्याले पहिलो ओभरको पाँचौँ बलमा सुकदीपलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । टिमको स्कोर ६ रन हुँदा सोमपाल कामीले सुकदीपलाई कट एन्ड बोल्ड गरेका थिए । 

दोस्रो ओभर लिएर आएका करण केसीले निकै कसिलो बलिङ गरे । उनले वाइडमा एक रन मात्र दिए । केन्याले चौथो ओभरमा ११ रनको अवस्थामा पुनः विकेट गुमायो । 

करणको बलमा कट गर्ने क्रममा आवान्डा विकेटकिपर अर्जुन साउदबाट समातिए । एकदिवसीय म्याचमा डेब्यु गरिरहेका अर्जुनले डाइभिङ गर्दै आकर्षक क्याच समाएका थिए । 
 

सुझावित समाचार