३ प्रश्न

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा छानबिन कहाँ पुग्यो ? 
महाभियोग प्रस्तावमा उल्लिखित २१ अभियोग, बार तथा अन्य संघसंस्था र व्यक्तिबाट आएका उजुरीका आधारमा ४३ प्रश्न तयार गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिने काम भइरहेको छ । छैटौँ प्रश्नमा बयान रोकिएको छ । दुई–तीन दिनमा बयान सकाउँछौँ । त्यसपछि अरूलाई पनि बयानका लागि बोलाउँछौँ । 

तपाईंहरूको कार्यतालिका २० भदौभित्रै छानबिन सक्ने भन्ने थियो । तर, जबराकै बयान लम्बियो नि ?
पहिला हामीले कार्यतालिका बनाउँदा यति धेरै प्रश्न आउँछन् भनेर सोचेका थिएनौँ । सूचना प्रकाशनपछि धेरै प्रश्न आए । त्यसैले, प्रक्रिया लम्बिनेजस्तो देखियो । आएका सबै प्रश्न समेटिनु पनि पर्यो । हतार गरेर हुँदैन । 

तपाईंहरूको छानबिन कहिलेसम्म टुंगिन्छ त ?
अहिले जबराको बयान छैटौँ प्रश्नसम्म पुगेको छ । मेरो बुझाइमा बयानमा उल्लिखित व्यक्ति र अन्य न्यायाधीशलाई पनि बोलाएर सोधपुछ गर्नुपर्छ । त्यसकारण लम्बिन्छ । यसै महिनाभित्र सक्ने हाम्रो प्रयास रहनेछ ।  

सुझावित समाचार