पहिरोले चार घर विस्थापित

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

निरन्तरको वर्षासँगै बुधबार राति आएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका–  ६ ढोडेनीमा चार घरपरिवार विस्थापित भएका छन् । बस्तीभन्दा  पाँच सय मिटर माथिबाट आएको ढुंगा–माटाेसहितको पहिरोले ढोडेनीको लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको परिवार विस्थापित भएको स्थानीय  बखनबहादुर गुरुङले बताए ।

पहिरोले खेतबारीसमेत बगाएको छ। गाउँका अन्य ६ घरसमेत पहिरोको जोखिममा परेको स्थानीय  विष्णु गुरुङले बताइन् ।जोखिम अझै कायम रहेकाले पहिरो  गएको क्षेत्रमा नजान गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार