मुटुरोगका बिरामीले यी कुरामा ध्यान दिनुस्

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

डाक्टरको सुझाव

मुटुमा लाग्ने कुनै पनि रोगलाई मुटुरोग भनिन्छ । जुन जन्मजात पनि हुन सक्छ । वयस्कमा हुने पनि हुन सक्छ । बाथ, मुटुरोगका कीटाणुका कारणले पनि मुटुरोग लाग्न सक्छ । मुटुका नसा ब्लक हुने, कोलेस्ट्रोल हाई भएका व्यक्ति, सुगर भएका व्यक्तिमा ४० देखि ४५ वर्ष कटेपछि वंशानुगत हुन सक्छ ।

मुटुका नसामा लेयर जम्मा भएर कालान्तरमा नसा ब्लक हुने, हृदयाघात हुने समस्या आउन सक्छ । उच्च रक्तचापले गर्दा मस्तिष्कघात हुने, किड्नी फेल हुने, कहिलेकाहीँ मुटुबाट निस्केको ठुल्ठूलो धमनी फुटेर वा सुन्निएर आउने हुन्छ, जसले गर्दा जटिल समस्या आउन सक्छ ।

लक्षण : जन्मजात मुटुरोग भएका बच्चामा तौल नबढ्ने, आमाको दूध राम्रोसँग खान नसक्ने, घ्यारघ्यार हुने, रुघाखोकी धेरै लाग्नेलगायत समस्या देखिन्छ । उनीहरूको हात, मुख, ओठ, औँलाहरू निलो देखिन्छ । वयस्कमा छातीको देब्रेपट्टि दुख्ने र स्वाँस्वाँ हुने गर्छ । मुटु ढुकढुक भएको महसुस हुने तथा हातगोडा सुन्निने हुन्छ । 

बच्ने उपाय : लक्षण देखिनासाथ नजिकको मुटुरोग विशेषज्ञसँग सम्पर्क राख्ने र नियमित व्यायाम गर्नुपर्छ । मुटुरोग धेरै किसिमका हुन्छन् । उच्च रक्तचाप, हर्टअट्याकमा नुन, चिनीजन्य खाना कम गर्ने, बोसोजन्य खाना कम गर्ने, रातो मासु कम खाने, नियमित चेकजाँँचमा ध्यान दिने, नियमित औषधि सेवन गर्नुपर्छ । कार्बोहाइड्रेट र फ्याट कम भएका खाना खानुपर्छ । जन्मजात हुने मुटुरोगमा खानाको खासै रोल हुँदैन । जे खाए पनि घट्ने–बढ्ने भन्ने हुँदैन । 

See More On

सुझावित समाचार