पाल्पा-बुटवल सडकखण्ड अवरुद्ध

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । गएराति परेको वर्षाका कारण तिनाउ- ३ झुम्सा र हेडबक्सनजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो गएको ठाउँमा सडकसमेत भासिएको छ ।  अहिले  पनि सडकमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ जसले गर्दा सडक अवरुद्ध भएको हाे । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए  ।

पहिरो पन्छाएर सडक सुचारू गर्न डिभिजन सडक कार्यालयको एक्स्काभेटर परिचालन भएको डिएसपी थापाले जानकारी दिए  । सडक अवरुद्ध बन्दा गएराति दुई बजेबाट दुईतर्फी रूपमा नै सवारी आवागमन बन्द भएको छ ।

सुझावित समाचार