सुर्खेतमा एउटा बेवारिसे शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका– ८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय भवनको भुइँतलामा बेवारिसे शव फेला परेको हो।
सोमबार भवनको बरन्डामा नामथर वतन नखुलेकी गहुँगोरो वर्णकी अन्दाजी २८–२९ वर्षकी महिला मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। शव र मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव सुर्खेतस्थित प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।