डाक्टरको तिज
तिजमा विवाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्छन् । हाम्रो त दैनिक ड्युटी गर्नुपर्छ । आपत्कालीन सेवामा भएकाले बिरामीहरूको उपचारमा खटिनु नै हाम्रो पहिलो धर्म हो ।
अरू वेलामा साधारण पोसाकमै ड्युटी जाने भए पनि तिजमा हामी विवाहित डाक्टरहरू रातो पहिरनमै जान्छौँ, बाहिरबाट एप्रोन लगाउँछौँ । यस दिन टीका, चुरा र पोते पनि लगाउँछौँ ।
व्रत बस्छु
स्वास्थ्य अवस्था ठीक भएकाले म आफैँ पनि व्रत बस्छु । यदि भविष्यमा स्वास्थ्यमा कुनै समस्या देखियो भने बस्दिनँ होला । स्वास्थ्य अवस्था ठीक भएकाहरूले मात्रै व्रत बस्नुपर्छ ।
उनीहरूले पनि व्रत बस्दा पानी र फलफूल प्रशस्त पिउनुपर्छ । गर्भवती महिला, बिरामी र अशक्तले व्रस्त बस्नु आवश्यक छैन । बरु, एक दिन माछा–मासु नखाने, सात्विक भोजन गर्ने तथा फलफूल र मिठाईको परिकार खानाले राम्रो हुन्छ ।