अस्ट्रेलिया विमान दुर्घटना, तीनजनाको मृत्यु

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीनजनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ। हल्का विमान क्विन्सल्यान्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो।

प्रारम्भिक  विवरणअनुसार विमान स्थानीय समयअनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फीमा अवतरणका निम्ति निर्धारित थियो। अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ।

सुझावित समाचार