कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन्। प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरेका छन्।