अरिँगालले टोकेर युवकको मृत्यु

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका– १ नाङ्खोल्याङमा अरिँगालले टोकेर एक युवकको ज्यान गएको छ । गएराति अरिँगाल झार्न भनेर गएक २८ वर्षीय खेमराज बर्देवाको अरिँगालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी कैलाश राईले बताए ।

‘अरिँगाल बडहरको रूखमा रहेछ, बर्देवा बडहरको रूखमा चडेर अरिँगाल झार्न थालेपछि अरिँगालको गोलो नै उनीमाथि खनिएर टोक्न थालेपछि रूखबाट तल झरेका थिए ।’ डिएसपी राईले भने, ‘तल भुइँमा झरेपछि पनि अरिँगालले नछोड्दो रहेछ, पुरै गोलो खनिरहेको र अर्को मानिस गएर बचाउनसमेत नसकिने अवस्था आएको र सुरक्षित तरिकाबाट सबै अरिँगालले नटोक्ने लुगा लगाएर जाउन्जेलमा बर्देवाको ज्यान गएको हो ।’ 

डिएसपी राईले भने, ‘अरिँगालले टोकेर धेरैको ज्यान गएको छ, अब जनचेतनाका कार्यक्रमलाई अगाडि बढाउनुपर्ने अवस्था देखिएको  छ ।’ उनले मृतक बर्देवाको शवलाई र पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने बताए।  

See More On

सुझावित समाचार