मौलिक बाजामा नयाँपन जरुरी छ

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

हामी पाँच वर्षअघिसम्म लोकबाजा हरायो भन्दै थियौंँ । तर, अहिले म्युजिक इन्डस्ट्रीमा मादल, सारंगी, बाँसुरी र अन्य लोकबाजाको अत्यधिक प्रयोग हुने गरेको छ । नेपाली बाजा चाडपर्व, लोकदोहोरी र विरहका गीतमा मात्र बज्छ भन्ने मान्यतालाई अब परिवर्तन गर्नुपर्छ ।  सारंगीलाई पनि हाई भोलुममा ठूला कन्सर्टमा बजाउन सकिन्छ भनेर देखाउनुपर्छ ।

अहिले मैले पुरानो सारंगीलाई इलेक्ट्रोनिक म्युजिकमा राखेर बजाइरहेको छु । त्यसको एउटा भिडियो मेरो च्यानलमा छ, अर्को पनि रिलिज गर्ने तयारी छ । अहिले क्लबमा, डिजे पार्टी र कन्सर्टहरूमा हाई पिचदेखि लो पिचसम्म लोकबाजा बजाइरहेका छौँ । क्लबमा पनि मानिसहरूलाई सारंगी बजाएर नचाउँदै छौँ । सारंगीबाटै फरक–फरक साउन्ड निकाल्न सकिन्छ । बाँसुरी र मादलको पनि त्यस्तै आउँछ, हामीले प्रविधिअनुसार चल्नुपर्छ । 

हामी आफैँ म्युजिक बनाउँदै छौँ । त्यसमा म्युजिक प्रोड्युसर दिप्सन श्रेष्ठ र साउन्ड इन्जिनियरमा कोबिड ब्रजाचार्य हुनुहुन्छ । हाम्रा मौलिक बाजालाई इडिएम (इलेक्ट्रोनिक डान्स म्युजिक) बनाएर नयाँ पुस्तालाई आकर्षित गर्ने र हाम्रो मौलिकतालाई अन्तर्राष्ट्रिय फोरमसम्म लैजाने प्रयास हो । मौलिक बाजाको आफ्नै महŒव हुँदाहुँदै यसमा अलिकति नयाँपन थप्न जरुरी देखेको छु ।

सुझावित समाचार