विद्युतीय घरायसी सामग्री निर्माता कम्पनी गोडरेजले आउँदो दसैँ–तिहारलाई लक्षित गरी गोडरेजको ‘क्यास सरप्राइज’ नामक योजना ल्याएको छ । कम्पनीले होम एप्लायन्सहरूको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरू प्राप्त गर्न सकिने योजना ल्याएको हो ।
योजनाअनुसार ग्राहकले हरेक गोडरेजका सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट र आकर्षक उपहारहरू पाउन सक्ने जनाइएको छ । जसअनुसार फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटका साथै ६ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटका साथै तीन केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै, सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा दुई केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउन सकिने जनाइएको छ । रेफ्रिजेरेटर, एयर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।
साथै एसीमा आकर्षक छुट र चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिने जनाइएको छ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको जनाएको छ । यो योजना सीमित अवधिका लागि नेपालभर लागू भएको कम्पनीले जनाएको छ ।