त्रिभुवन विश्वविद्यालय अहिले तनावग्रस्त बनेको छ । परीक्षाको प्रश्नपत्रमा त्रिवि पदाधिकारीले लापरबाही गरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघले असार २७ गते त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी थियो । २७ गते लगाइएको ताला अहिलेसम्म खुलेका छैनन् । तर, त्रिवि पदाधिकारीले भने नेविसंघले अनावश्यक दुःख दिएको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
बैठकपछि भएको पत्रकार सम्मेलनमा नेविसंघले विरोध गर्दै नाराबाजी गरेपछि एमालेनिकट अनेरास्ववियुले नेविसंघमाथि प्रतिकार गरेको छ । अनेरास्ववियु ताला खोल्ने पक्षमा छ भने नेविसंघ खोल्न नहुने र पदाधिकारीले राजीनामा दिनुपर्ने मागसहितको अडानमा छ ।

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानले आज जसरी पनि बन्द ताला खोलिने जनाएका छन् । अहिले दुवै संगठनका विद्यार्थी एक–आसपमा भिड्ने तयारी गरिरहेका छन् । तर, प्रहरीले घटना घट्न नदिन बल प्रयोग गरिरहेको छ । आक्रामक रूपमा विद्यार्थी प्रस्तुत हुँदा केही प्रहरी घाइते भएका छन् ।