एमालेले २२ भदौभित्र उम्मेदवारको सिफारिस टुंग्याउने

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

एमालेले आगामी संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारहरूको सिफारिस प्रक्रिया २२ भदौभित्र टुंग्याउने भएको छ। आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२ भदौभित्र क्षेत्र, जिल्ला र  प्रदेशबाट उम्मेदवार सिफारिस प्रक्रियाको काम सक्ने निर्णय गरेको नेता ठाकुर गैरेले जानकारी दिए।

अध्यक्ष केपी ओलीले बैठकमा २० भदौभित्र उम्मेदवार सिफारिस सकेर अन्तिम छनोट गर्ने प्रस्ताव गरेका थिए। बैठकले सो प्रस्ताव संशोधन गरेर समयसीमा दुई दिन बढाएको हो। 

त्यस्तै, बैठकले एक पार्टी सदस्यबराबर दुई मतदाता थप्ने योजनासहित सबै टोल-टोलमा भेला गर्ने र एक घर एक सदस्य विस्तार अभियानसहित चुनावी अभियान चलाउने निर्णय पनि गरेको छ। 

स्थानीय तहमा प्राप्त ३४ प्रतिशतलाई ५० प्रतिशत पुर्याएर बहुमत ल्याउने लक्ष्य एमालेले निर्धारण गरेको छ।

सुझावित समाचार