बहुमत ल्याउने एमालेको योजना : एक सदस्य, दुई भोट अभियान

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

प्रमुख विपक्षी दल एमालेले आगामी चुनावमा बहुमत ल्याउन एक पार्टी सदस्य : दुई भोट थप्ने योजनासहित देशव्यापी रुपमा चुनावी अभियान संचालन गर्ने भएको छ।केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले बहुमतका लागि स्थानीय तहमा प्राप्त ३४ प्रतिशत मतलाई विस्तार गरेर ५० प्रतिशत पुर्याउनेगरी प्रस्तावित लक्ष्य पूरा गर्न एमालेले त्यसरी चुनावी अभियान संचालन गर्ने भएको हो।

दशौं महाधिवेशनसम्म एमालेका ८ लाख ५५ हजार संगठित सदस्य छन्। त्यसयता विस्तारितसहित संगठित सदस्यको संख्या करिब ११ लाख पुगेको एमालेको दाबी छ। 

‘एउटा पार्टी सदस्यले २ बढाउँदा कम्तिमा १६ लाख भोट बढ्छ। त्यो योजना र अभियानका साथ हामी अगाडि बढिरहेका छौं। एक पार्टी सदस्य एक घर अभियान सुरु गरेका छौं’, उपमहासचिव पृथ्बीसुब्बा गुरुङले बैठकको निष्कर्ष सुनाउँदै भने,‘यसरी अगाडि बढ्दा हामीले अबको चुनावमा एक्लैले बहुमत ल्याउँछौँ।’

उनले स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर घातअन्र्तघातको शृंखला अन्त्य गर्दै पार्टीले एकताका साथ तलसम्म अभियान संचालन गर्दा बहुमत ल्याउने दाबी पनि गरे। दशौँ महाधिवेशनपछि थपिएर पार्टी सदस्य संख्या करिब एघार लाख पुगिसेको भन्दै गुरुङले त्यसअनुसार व्यवस्थित रुपले अभियान संचालन हुँदा थप दुई लाखसहित १८ लाख भोट बढ्ने सम्भावना रहेको दाबीसमेत गरे।

सुझावित समाचार