मौसम : साताको सुरु र अन्त्यमा देशभर वर्षा

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार साताको सुरु तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । 

त्यस्तै, साताको सुरु तथा मध्यतिर प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार देशका अधिकांश भूभागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना छ भने हिमाली भेगको तापक्रममा उल्लेखनीय परिवर्तन नहुने बताइएको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौ‌ं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ९ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव दुई डिग्री सेल्सियस छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ० डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

See More On

सुझावित समाचार