कपिलवस्तुमा पनि डेंगुको संक्रमण फैलिँदै गएको छ। डेंगु नियन्त्रणका लागि जिल्लाका १० स्थानीय तहले प्रभावकारी कदम नचाल्दा यसको संक्रमण बढ्दै गएको बताइको हो।
जिल्लाभर नै अहिले डेंगुका सन्त्रास फैलिँदै गएको पाइको छ। स्वास्थ्य कार्यालय अनुसार जिल्लामा साउन महिनामा मात्र ६३ जना डेंगु संक्रमित फेला परेको र अहिले दैनिकजसो डेंगुका लक्षणका बिरामीहरू आउन थालेका छन्।
वाणगंगा नगरपालिकामा मात्र ५३ र कपिलवस्तु नगरपालिकामा १० जना डेंगु संक्रमित फेला परेका हुन्। स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लामा डेंगु फैलिंँदै गएको बताए। जिल्लाको कपिलवस्तु अस्पताल र पिपरा अस्पतालमा डेंगुको परीक्षण गरिएपछि धमाधम त्यसको संक्रमितहरू भेटिएको बताएको छ।