तस्करीकाे सामान खाेज्दा स्थानीय र प्रहरीबीच झडप, तीन राउन्ड हवाई फायर

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरेर ल्याइएको सामान बरामद गर्ने क्रममा सप्तरीको बलान विहुल गाउँपालिका– ४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको  हो ।

मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गरिएको उनले बताए ।

See More On

सुझावित समाचार