पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गयो

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

सोलुखुम्बुको लिखुपिके गाउँपालिका- ३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ। ज्यान जानेमा स्थानीय लोकबहादुर भुजेलकी ३ वर्षीय छोरी सौगात भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो।

आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामकिशोर शाहले बताए। 
 

सुझावित समाचार