अन्तर्राष्ट्रिय सम्बन्धबारे सम्मेलन हुने

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. दीपककुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञहरू सहभागी हुनेछन् । भारतबाट ३८ जना विज्ञ आउनेछन् । जम्मा ७० जना विज्ञ सहभागी हुनेछन् । 

‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ,’ निर्देशक अधिकारीले भने । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक विनयकुमार मिश्रले जानकारी दिए । 

सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

सुझावित समाचार