समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको चारतारे झन्डा ओढाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरिको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले पार्टीको झन्डा ओढाएका हुन् ।
देउवासँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काले चारतारे झन्डा ओढाए । घाँटीको क्यान्सरका कारण गिरिको हिजो राति साढे ९ बजे निधन भएको हो ।
गिरिको पार्थिव शरीर आज बिहान ११ बजेसम्म मेडिसिटी अस्पतालमा रहेको शिवालय परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको हो । त्यहाँ पनि सयौँ समर्थक, शुभचिन्तक, कांग्रेस कार्यकर्ता तथा नेताले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।