धेरै गीत सित्तैमा गाएकी छु : एलिना चौहान

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण
धेरै गीत सित्तैमा गाएकी छु : एलिना चौहान

एलिना चौहान गायिका

पहिले स्टुडियोमा आफूभन्दा सिनियरहरूले गाएपछि मात्रै मेरा पालो आउँथ्यो । दिनभर स्टुडियोमा कुर्दा अर्काे काम छुट्थ्यो । मैले अरु काम गर्न नपाउँदा थुप्रैपटक गाली खाएकी छु ।

अहिले समय बदलिएको छ, मेरा केही गीतहरू दर्शक श्रोताले मन पराइदिनुभयो । अहिले स्टुडियोमा कुर्नुपर्दैन । विगतमा मैले कतिपय गीतको पारिश्रामिक पनि पाइनँ । पहिले गीत रेकर्ड गराऊँ, पछि पैसा दिन्छौँ भन्नुहुन्थ्यो ।

कतिपयले पैसा माग्दा ब्लक पनि गरे । त्यस्तो गर्दाचाहिँ मलाई नमिठो लाग्थ्यो । तर, मैले मलाई पारिश्रमिक नपाएर पनि दुःख छैन । मैले गीतसंगीतलाई पैसासँग मात्रै तुलना गर्दिनँ । मैले आफूलाई गीतसंगीतमै राम्रो गर्दै लैजानुपर्छ । 
 

सुझावित समाचार