लेस ब्राउन अहिले विश्वचर्चित मोटिभेसनल स्पिकर हुन् । अहिलेको सफलताअघि उनले जीवनमा धेरै हन्डर खाएका छन् । उनी अमेरिकाको मायामी राज्यको लिबर्टिसिटीमा बस्थे । विद्यार्थीकालमा उनको शैक्षिक अवस्था निकै कमजोर थियो, जुन कुरा स्कुलका धेरैलाई थाहा भइसकेको थियो ।
उनको पढाइको स्थिति हेरेर विद्यालयले उनलाई कक्षा ६ बाट ५ मा झारेको थियो । जुम्ल्याहा दुई भाइमध्ये उनी जेठा थिए । उनी नजान्ने भए पनि उनका जुम्ल्याहा भाइ भने पढाइमा अब्बल थिए । एक दिन एकजना शिक्षकले उनलाई कक्षाको अगाडि बोलाएर एउटा प्रश्नको समाधान गर्न भनेर हातमा चक थमाए । तर, उनले आफूलाई केही थाहा नभएको भन्दै पहिले नै हार स्वीकार गरेर हात उठाए ।
उनको चाला देखेर शिक्षकलाई नराम्रो लाग्यो । उनले ब्राउनलाई गर्न नसक्ने केही कुरा नरहेको भन्दै प्रोत्साहित गरे । तर, यति प्रोत्साहनले काम गरेन । उनले आफू ल्वाँदे र मूर्ख भएको भन्ने भनाइ पुनः दोहो¥याए । यो सुनेर कक्षामा हाँसोको फोहोरा छुट्यो । तैपनि शिक्षकले हार मानेनन् । उनले कुर्सीबाट उठेर ब्राउनका आँखामा आँखा जुधाउँदै एकपटक मात्र भए पनि प्रयास गर्न आग्रह गरे । त्यसपछि हच्किँदै ब्राउनले शिक्षकको जवाफको आंशिक जवाफ भने दिए ।
यस घटनापछि तिनै शिक्षकले ब्राउनलाई पटक–पटक प्रोत्साहित गर्दै कहिल्यै हार स्वीकार नगर्न र जहिल्यै आत्मविश्वाससाथ म सक्छु भनेर अघि बढ्न प्रेरित गरिरहे । शिक्षकको निरन्तरको प्रोत्साहनले ब्राउनले आफूप्रति हेर्ने दृष्टिकोण बदले र आजको उचाइ हासिल गरे ।