नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको टुंगो बिहीबार लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बताए । उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताए ।
प्रवक्ता महराले आजको बैठकबाट करिब करिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताए । प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीबार ८ बस्ने बताए ।