दसैँ र तिहारको अवसरमा तीन कलाकारले अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

अस्ट्रेलियावासी नेपालीको यसपटकको दसैँ र तिहार संगीतमय हुने भएको छ ।  नेपाली पप क्षेत्रका चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेलसँगै नेपाल आइडल सिजन चारका प्रतियोगी आदेश पौडेलले यो वर्षको दसैँ तथा तिहारमा अस्ट्रेलियाका विभिन्न ठाउँमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । 

भर्सटाइल एजुकेसन एन्ड माइग्रेसनको प्रस्तुतिमा नेप सिड्नी इभेन्ट्सद्वारा आयोजित हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यानबेरा, पर्थ, मेलबर्न, सिड्नी, लाउन्सेटन, ब्रिस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासललगायतका ठाउँमा हुने  कार्यक्रम संयोजक युट्सल दाहालले जानकारी दिए ।   

मुख्य चाडपर्वको अवसरमा अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिन पाउँदा कलाकारत्रयले आफूहरू उत्साहित भएको बताए ।

सुझावित समाचार