बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गरेका छन् ।

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ हुन् । 

सुझावित समाचार