६ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

बुधबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित कस्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनाका कारण अरू ३३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।  

कस्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रुवाहक बस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीको भनाइ छ । 
(रासस–सिन्ह्वा) 
 

सुझावित समाचार