अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण
अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

तस्बिर : द गार्जियन

अर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तीमा छजनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् । विस्फोटमा परी कम्तीमा ६० जना घाइते भएको बताइएको छ । 

विस्फोटपछि तीनतले भवन ध्वस्त भएको थियो। ३५० अग्नि नियन्त्रक र उद्धारकर्ताहरू अहिले त्यहाँ उद्धारमा जुटिरहेका छन्। अर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानले सोमबार उद्धार कार्यको निरीक्षणसमेत गरेका छन् । घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ । रासस

सुझावित समाचार