दलीय असहमति मिलाउने थलो संसदीय समिति हो : सभामुख सापकोटा

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन्। कानुन, न्याय तथा मानवअधिकार समितिले प्रकाशन गरेको ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उहाँले संसद्को महत्वपूर्ण काम कानुन निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए।

'उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो,' सभामुख सापकोटाले भने, 'संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ।'    

सुझावित समाचार