गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक : नेकपा (एस)लाई विशिष्ट मानिने

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक सम्पन्न भएको छ। गठबन्धनको सिट बाँडफाँड गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई विशिष्ट रूपमा हेरिने सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक निष्कर्ष निकालेको हो।

बैठकपछि सरकारका प्रवक्ता तथा कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको सिट बाँडफाँडसम्बन्धी मापदण्ड बनाँउदा २०७४ को निर्वाचनको मत, स्थानीय तह निर्वाचनको मतलाई आधार बनाउने निर्णय भएको छ ।

कार्कीले भने, 'माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले २०७४ मा निर्वाचन लडेको थिएन। त्यसले गर्दा यसलाई विशिष्ट रूपमा राखेर मापदण्ड तय गरेर अगाडि बढ्छौँ। कार्यदलबाट जतिसक्दो छिटो काम सक्नुपर्नेछ। सकेसम्म हाम्रो नेतृत्वमा प्रतिवेदन तयार गरेर शीर्ष तहमा प्रतिवेदन दिने हामी सबैको मनसाय छ। बुधबार ४ बजे अर्को बैठक बस्नेछ।'

सुझावित समाचार