साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपतिको दृश्य

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको छ। हिन्दू धर्मावलम्बीहरूले आफ्ना आराध्यदेव महादेवको पूजाअर्चना गर्दै महिनाको हरेक सोमबार व्रत बस्ने गर्दछन्। महिनाको अन्तिम सोमबार आज पूजाआजा गरी महिलाहरू व्रत समापन गर्दछन्।

साउनको सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा–आराधना एवं दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।

तस्बिरहरू :

सुझावित समाचार