माओवादी स्थायी समिति बैठक भोलिलाई सर्‍याे

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक भोलि बिहान ८ बजेका लागि सारिएको माओवादीले जनाएको छ । 

अध्यक्ष प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ । आजको बैठकमा आसन्न निर्वाचन, राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछिको अवस्था, पार्टीको पदाधिकारी चयन, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग एउटै निर्वाचन चिह्न लिएर निर्वाचनमा जाने सम्बन्धमा भइरहेको छलफललगायत छलफल हुने बताइएको थियो । 
 

See More On

सुझावित समाचार