बालाजुको पुलबाट विष्णुमती नदीमा हाम फालेका एक व्यक्तिको उद्धार

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

काठमाडौंको बालाजु पुलबाट विष्णुमती नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । परिचय नखुलेका करिब ४०–४५ वर्षका एक पुरुष सोमबार बिहान साढे सात बजेको समयमा विष्णुमती खोलामा हाम फालेका थिए ।

बालाजु प्रहरी वृत्तबाट तत्काल टोली खटिई उनको सकुशल उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको बाहिरी चोट केही नभए पनि उनी बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ । 

सुझावित समाचार