पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित आउँदो भाद्र दोस्रो सातादेखि पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ  । डेभिज स्नुकर क्लबको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका खेलकुद विकास समिति, नेपाल विलियार्डस् स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा १२ देखि १९ भदौसम्म चल्ने आयोजक क्लबले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । उसका अनुसार पोखरा महानगरपालिका–८ स्थित डेभिज स्नुकर क्लबमा  प्रतियोगिता सञ्चालन हुनेछ । 
प्रतियोगितामा विजेताले एक लाख ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यसैगरी, दोस्रोले ७१ हजार १११ रुपैयाँ, सेमिफाइनलिस्ट दुईजनाले जनही १५ हजार १११ तथा हायस्ट ब्रेकरले २१ हजार १११ रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि १८ लाख २८ हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

राष्ट्रिय खेलकुदमा समावेश नगरिएकोमा गुनासाे                                                      

पत्रकार सम्मेलनमा उपस्थित नेपाल विलियार्डस् स्नुकर तथा पुल संघका पदाधिकारी एवं खेलाडीहरूले राष्ट्रिय खेलकुदमा स्नुकरलाई समावेश नगरिएको भन्दै गुनासो गरे । नेपाल विलियार्डस् स्नुकर तथा पुल संघ कास्कीका अध्यक्ष सागरकुमार शाहीले छैटाैँ र साताैँ संस्करणको प्रतियोगितामा यस खेललाई समावेश गरिए पनि आठाैँमा हटाइएको भन्दै आगामी असोजमा हुने नवाैँ संस्करणमा समावेश गर्न आग्रह गरिएपनि नगरिएको भन्दै गुनासो गरे । 

राष्ट्रिय खेलाडी मनीष प्रधान र महेन्द्र नेपालीले देशको प्रतिनिधित्व गर्दै खेलाडीहरूले विदेशबाट पदक ल्याए पनि आफ्नै देशमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा समावेश नगरिनु दुःखको कुरा रहेको बताए । नयाँ प्रतिभाशाली खेलाडीहरू उत्पादन गरी देशभर यस खेलको रौनक बढाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । 
 

See More On

सुझावित समाचार