बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक सातादेखि आमरण अनशन बस्दै आएकी निहारिका राजपुतले आज आत्मदाहको प्रयास गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी हुन् ।
उनी एक सातादेखि वसन्तपुरमा अनशन बस्दै आएकी थिइन् । प्रहरी परिसर काठमाडौंका डिएसपी अंकुर जिसीका अनुसार प्रहरीको सक्रियतामा उनलाई आत्मदाहबाट बचाइएको हो । राष्ट्रपति निवासअगाडि आइपुगेपछि उनले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउने प्रयास गरेकी थिइन् ।
त्यसलगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले तत्कालै उनलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो । आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनले लगातार न्यायिक आन्दोलन गर्दै आएकी छिन् । उनले आफ्नो दुई वर्षका छोरा शिवराज श्रेष्ठकै भएको भन्दै डिएनए टेस्टको माग गर्दै आएकी छिन् ।
राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास
सुझावित समाचार
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…
भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्…
चाडपर्वमा उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं/ सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले चाडपर्वलाई सुरक्षित बनाउन उच्च सतर्कताका साथ काम गर्न सशस्त्र प्रहरी कर्…