पौडी खेल्ने क्रममा युवकको मृत्यु

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाथीभरा याङवरक गाउँपालिका– ४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङको शिवानी हाइड्रोपावरले निर्माण गरेको ड्याममा पौडी खेल्ने क्रममा बिहीबार ज्यान गएको हो। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार