एमाले सचिवालय बैठक सुरु

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण
एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । संघ र प्रदेशको आसन्न निर्वाचन निर्वाचनको तयारीका विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ । केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले निर्वाचन तयारीका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए । 

बैठकले आसन्न निर्वाचनसम्बन्धी विभिन्न प्रस्तावका साथ प्रारम्भिक रणनीति तय गर्ने र स्थायी तथा केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने उनले बताए । 

बैठकले स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको मितिसमेत तय गर्ने सम्भावना छ ।
 

See More On

सुझावित समाचार